निगमकै कारण चुनावको मुखमा ग्यासको हाहाकार ! कहिले होला त सहज ?

काठमाडौं । नेपाल आयल निगमकै कारण खाना पकाउने एलपी ग्यासको अभाव भएको पाइएको छ ।

नेपालमा एक महिनादेखि नै ग्यासको अभाव हुँदै आएको थियो । तर, पछिल्ला दिनमा भने कतिपय कम्पनीकाे ग्यास नै पाउन कठिन भइरहेको छ । यसमा मुख्य जिम्मेवार आयल निगम नेतृत्व नै रहेको पाइएको छ ।

स्रोतका अनुसार आयल निगमले इन्डियन ओयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी दिन ढिला गर्दा यो समस्या आएको हो । आयल निगमले आईओसीलाई भुक्तानी दिन ढिलाई गरेपनि इन्डियाबाट पनि ग्यास कम मात्रामा मात्र सप्लाई भएको थियो । त्यसको असर चुनावको मुखमा उपभोक्ताले बेहोर्नु परेको छ ।

आयल निगमले भने भुक्तानीको विषय अस्वीकार गर्ने गरेको छ । इन्डियामा रिफाइनरी मर्मतका कारण आपूर्तिमा केही असहज मात्र भएको र त्यो अहिले हल भइसकेको जनाएको छ ।

हाल, नेपाल आयल निगमले आईओसीलाई बक्यौता बुझाईसकेको छ । अब भने एलपी ग्यासको अभाव क्रमश कम हुँदै जाने देखिएको छ ।

आयल निगमका प्रमुख कार्यकारी चण्डिका भट्टले प्रतिदिन ९० वुलेट मात्र ग्यास आवश्यक परेपनि शनिबार ११८, सोमबार ११५ र मंगलबार १३२ वटा ग्यास नेपाल प्रवेश गरिसकेको बताएका छन् । उनको भनाईले पनि अब माग बमोजिम ग्यास नेपाल भित्रि सकेकाले अब अभाव कम हुँदै जाने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।