काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य १४ हजार ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन ३ हजार ७०० रुपैयाँले बढ्दै २ लााख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज थप १४ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा २६५ प्रतिशत बढ्दै ५ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments







