काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्‍ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।

गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्।

फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।