१३ सयको सामानलाई २५ सय भनेर बेच्दै दराज

काठमाडौं २५ कात्तिक । अनलाइन सपिङ कम्पनी दराजले बजारमा १३ सयमा पाइने सामानलाई २५ सय भनेर बेचेको पाइएको छ ।

दराजले एक दिने बिग सेलको नाममा एउटा सामानमा झण्डै शत प्रतिशत मूल्य बढाएर ६० प्रतिशत छुट देखाएर ग्राहकलाई भ्रममा पारेको पाइएको हो ।
आल्मुनियम मेटलको ल्यापटप स्टाण्डलाई दराजले २५ सय भनेर ६० प्रतिशत छुट दिएर बेचेको पाइएको छ । उक्त सामान १३ सय ९९ मा बेच्दै आएको पाइएको छ । हाम्रो बजारले उक्त सामानको मूल्य १४ दिन अघि १३९९ राखेको पाइएको छ ।

दराजले ६० प्रतिशतसम्म छुट दिएको देखाउन पहिले झण्डै शत प्रतिशत मूल्य बढाउने गरेको पाइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।