काठमाडौं । इजरायलले आक्रमणमा मारिएकाे दाबी गरेका इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख मेजर जनरल स्माइल कानी जीवित रहेका पुष्टि भएको छ।
दुई हप्ताअघि इजरायल र न्यू योर्क टाइम्सले उनलाई लक्षित आक्रमणमा मारिएको दाबी गर्दै व्यापक प्रचार गरेका थिए ।
युद्व बिरामसँगै हालै तेहरानमा आयोजित विजय उत्सवमा मेजर जनरल स्वयम् उपस्थित भएर आम जनसमूहलाई सम्बोधन गरेपछि दाबी झुटो साबित भएको छ ।
सरकारी टेलिभिजनमा प्रसारित प्रत्यक्ष प्रसारणमा उनलाई मुस्कानसहित सेना र समर्थकहरूसँग उत्सव मनाउँदै देखिएको छ ।
इजरायलले युद्वमा आफ्नाे विजयी भाव देखाउन झुटाे प्रचार गरेकाे पाइएकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।