काठमाडौं । हमासको अपहरणपछि मारिएका नेपाली युवा विपिन जोशीको दुई वर्ष अघि नै हत्या भएको पुष्टि भएको छ । शवको डीएनए परिक्षणको क्रममा विपिनको दुई वर्ष अघि सन् २०२३ मा नै हत्या भएको पुष्टि भएको हो ।
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा विपिनको सन् २०२३ को अन्त्यतिर नै हत्या भएको देखाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायलस्थित दूतावासका अनुसार हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको थियो ।
यसअघि, हमासले विपिनसहित ४ जनाको इजरायली हवाई हमलाबाट मृत्यु भएको जनाउँदै शव हस्तान्तरण गरेको थियो ।
Comments



![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)



