काठमाडौं । सरकारले सूचना तथा प्रसारण विभागको महानिर्देशक दुई महिनामा नै परिवर्तन गरेको छ ।

यसअघि, उदय राना महानिर्देशक बनेर आएका थिए । तर, उनलाई दुई महिना नबित्दै सरकारले सरुवा गरेको हो । गत भदौ १७ गते महानिर्देशकका रूपमा पदभार ग्रहण गरेका रानाको सरकारले सरुवा गरेपछि कात्तिक १७ गते बिदाई गरियो ।

सरकारले रानालाई सरुवा गरेपछि उनको ठाउँमा छविन्द्र पराजुलीलाई ल्याएको छ । नयाँ महानिर्देशक पराजुलीले पदभार ग्रहण गरेर काम सुरु गरिसकेका छन् । उनले आज मात्र प्रेस काउन्सिलमा पुगेर सदस्य सचिवको रुपमा जिम्मेवारी समेत बहन गरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।