काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानका लागि एकलजनाका लागि ४५ मिनेटसम्म लाग्ने गरेको पाइएको छ ।

मतदान गरेर बाहिर निस्किएका एमाले महाधिवेशन प्रतिनिधिले कसैले २५ मिनेटमा सम्पन्न गरे भने कतिपलाई ५० मिनेटसम्म लागेकाे छ । आफूले २२ मिनेटमा भोट हालिसकेको जानकारी दिए । त्यसाे त अभ्यक्षका उम्मेद्वारलाई ५५ मिनेट लागेकाे थियाे ।

एकपटकमा ८० जनालाई भोट हाल्न मिल्ने सुविधा रहेको छ । त्योभन्दा पहिले प्रतिनिधि कार्डलाई मेसिनले रिडिङ गरी प्रतिनिधि हो वा होइन भन्ने रुजु गरिन्छ । त्यसपछि पन्चिङ मसिनले प्रतिनिधि कार्डलाई प्वाल बनाइन्छ र कागजको सानो टुक्रामा छाप हानेर दिइन्छ, जहाँ प्रतिनिधि अर्को चरणमा प्रवेश गर्छन् । त्यहाँबाट कुन बुथमा जाने हो, स्वयम्‌सेवक र निर्वाचन आयोगका अधिकारीले सहजीकरण गरिदिन्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।