काठमाण्डौ । प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च तहका कर्मचारी थप ५ दिन हिरासतमै रहने भएका छन् ।

उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँगै अन्य चार जना व्यक्तिहरूमाथि छानबिन प्रक्रिया अघि बढाउन अतिरिक्त पाँच दिनको समयावधि थप गरेको हो । उनीसँगै डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, बैंकका सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्य थप पाँच दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई छानबिनलाई छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिँदै आवश्यक जानकारी उपलब्ध गराउन पनि भनेको छ ।

आरोपीहरू मंसिर १४ गते पक्राउमा परेका थिए। बैंकिङ कसुर तथा अन्य आर्थिक अनियमिततासम्बन्धी आरोपमा उनीहरूमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस्-

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।