Wednesday, September 2, 2026
25.1 C
Kathmandu
Home अर्थ बिशेष सुरु भयो भृकुटीमण्डपमा अटो ‘कुम्भमेला’

सुरु भयो भृकुटीमण्डपमा अटो ‘कुम्भमेला’

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को सुरुवात भएको छ ।

नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधि, सवारी साधन र यससँग सम्बन्धित बहुआयामिक विषयहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ नाईमा नेपालको आयोजनामा एक्स्पो सुरु भएको हो ।

मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य संयुक्त रुपमा एक्स्पोको औपचारिक उद्घाटन गरेका छन् । साउन ३१ गतेसम्म चल्ने यस प्रदर्शनीमा चारपाँग्रे, दुईपाँग्रे र व्यावसायिक सवारीका ५५ भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने नाइमा नेपालले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।