Wednesday, October 14, 2026
24.2 C
Kathmandu
Home समाचार इरानको डरले ट्रकमा लुकेर विमान फेरेको ट्रम्पद्वारा स्वीकार

इरानको डरले ट्रकमा लुकेर विमान फेरेको ट्रम्पद्वारा स्वीकार

काठमाडौं,साउन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्।

पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् ।

ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए।

‘यदि कुनै आक्रमण हुन्थ्यो भने त्यही विमानलाई निसाना बनाइन्थ्यो।’ उनले भने, सुरक्षा निकायहरूले जे भन्छन्, म त्यही गर्छु। मलाई लगातार धम्कीहरू आइरहन्छन् ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।