अमेरिका-चीन Chip युद्ध, नेपालले जलविद्युतको हतियारले कमाउन सक्छ फाइदै फाइदा

काठमाडाैं । विश्व अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा छ। तर यो दौड अब केवल ChatGPT, Gemini वा AI software बनाउने प्रतिस्पर्धामा सीमित छैन। यसको केन्द्रमा एउटा अत्यन्त महँगो र रणनीतिक वस्तु छ- ‘AI Chip’ ।

अमेरिकी कम्पनी Nvidia का अत्याधुनिक GPU चिप विश्व AI उद्योगको प्रमुख आधार बनेका छन्। यही कारण अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धा अहिले semiconductor र AI chip सम्म पुगेको छ। अमेरिकाले चीनको अत्याधुनिक AI क्षमतामा पहुँच सीमित गर्न निर्यात नियन्त्रण कडा बनाउँदै आएको छ भने चीन आफ्नै chip र AI ecosystem विकास गर्न अघि बढिरहेको छ।

जुलाई २०२६ मा अमेरिकी अधिकारीहरूले Nvidia का H200 AI chip को चीनतर्फ सीमित shipment सुरु भएको पुष्टि गरेका थिए। तर त्यसपछि पनि चीनमा अमेरिकी AI chip को पहुँच र त्यसको सम्भावित ‘third-country routing’ बारे अमेरिकी अनुसन्धान तथा राजनीतिक दबाब जारी छ।

यो संघर्ष अमेरिका र चीनका लागि मात्र महत्वपूर्ण छैन। यसको असर विश्वभर फैलिएको AI supply chain हुँदै नेपालजस्ता साना तर तीव्र गतिमा बढिरहेका IT सेवा बजारसम्म पुग्न सक्छ।

नेपालका लागि पहिलो प्रभाव
नेपालको IT उद्योग अहिले software development, outsourcing, freelancing, cloud service र digital services मा आधारित हुँदै विस्तार भइरहेको छ।

२०२५ मा नेपालको IT service export करिब एक अर्ब अमेरिकी डलर नजिक पुगेको अनुमान छ। तीन वर्षको अवधिमा यस्तो निर्यात दोब्बरभन्दा बढी भएको रिपोर्ट गरिएको छ।

तर AI को विस्तारसँगै नेपाली IT कम्पनीको आवश्यकता पनि बदलिँदैछ। सामान्य software development का लागि अत्याधुनिक GPU आवश्यक नपर्न सक्छ। तर AI model training, large-scale inference, computer vision, generative AI, robotics र high-performance computing का लागि ठूलो computational power आवश्यक हुन्छ।

त्यसका लागि Nvidia जस्ता कम्पनीका GPU प्रयोग हुन्छन्। यदि अमेरिका–चीन तनावका कारण अत्याधुनिक chip को विश्वव्यापी supply chain थप विभाजित भयो भने यसको अप्रत्यक्ष असर नेपालमा पनि पर्न सक्छ।

AI computing महँगो भयो भने नेपाली startup, software company र research institution का लागि अत्याधुनिक AI development को लागत बढ्न सक्छ।

चुनाैतीसँगै अवसर

याेसँगै यसकाे अवसर र चुनाैतीकाे विषयमा बहसहरू केन्द्रित हुन थालेकाे छ । नेपालसँग semiconductor manufacturing को ठूलो आधार छैन। तर नेपालसँग जलविद्युत् उत्पादनको सम्भावना छ, तुलनात्मक रूपमा कम लागतको IT manpower छ र IT service export विस्तार भइरहेको छ।

AI को विकाससँगै विश्वमा data center को माग तीव्र रूपमा बढिरहेको छ। AI model चलाउन data center चाहिन्छ। Data center चलाउन ठूलो मात्रामा विद्युत् चाहिन्छ।

त्यसैले भविष्यमा बिजुली, data center, AI computing, IT manpower एउटा नयाँ आर्थिक संयोजन बन्न सक्छ। नेपालले यही संयोजनमा आफ्नो स्थान खोज्न सक्छ। तर, अहिलेसम्म नेपाल याे दाैडमा देखिदैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।