एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको अध्यक्ष पदमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले बिहीबार नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको बैंकद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

बैंकमा सबैभन्दा बढी अशोककुमार अग्रवालको ६।१२ प्रतिशत सेयर रहेको छ भने त्रिलोकचन्द्र अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुवासचन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१ प्रतिशत, अनुज अग्रवालको २.८६ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदिशप्रसाद अग्रवालको २.५३ प्रतिशत र तुलसीराम अग्रवालको १.७८ प्रतिशत सेयर रहेको छ । यो बैंकलाई विशेष गरी विशाल समूहले लिड गर्दै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।