काठमाडौं । नेपाली कांग्रेस विभाजनसँगै आधिकारिकताको लडाई सुरु भएको छ । गगन थापा तथा विश्वप्रकाश शर्मा समूह आयोग पुगेर आधिकारिताको माग गरेसँगै शेरबहादुर देउवा समूह पनि आयोग पुगेर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको भन्दै प्रमाण भनिएको कागजात बुझाएको छ ।

शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।