Sunday, October 18, 2026
18.3 C
Kathmandu
Home मुख्य समाचार दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी

काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।

उक्त इन्स्योरेन्समा अर्थसचिव उपाध्यायको श्रीमती भगवती उपाध्यायको नाममा १० हजार कित्ता सेयर रहेको तथा ३५ लाख रुपैयाँको घुस प्रकरणमा मुछिएको भन्दै छानबिनको माग राखी प्रधानमन्त्री कार्यालय, प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

उजुरीमा सरकारी सेवाका लागि अयोग्य हुनेगरी सिफारिस भएको तथा उपाध्यायले नक्कली अपाङ्गता प्रमाणपत्र बनाएर अनुचित लाभ लिएको आरोप समेत लगाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।