२२ उपसचिव र २३ शाखा अधिकृतसहित ४५ कर्मचारीको सरुवा

काठमाडौं । सरकारले ४५ जना अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले २२ जना उपसचिव र २३ जना शाखा अधिकृतको सरुवा गरेको हो। मन्त्रालयको पछिल्लो निर्णयसँगै विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ।

सरुवाको सूचीअनुसार भदौ १ गतेको निर्णयबाट २२ जना उपसचिवस्तरका कर्मचारीको सरुवा गरिएको हो भने सोमबारको निर्णयअनुसार थप २३ जना शाखा अधिकृतको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।