काठमाडौं २७ जेठ
राष्ट्रिय जनता पार्टीले १४ असारका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न माग गरेको छ । राजपाको उक्त आग्रहलाई सत्तारुढ दलले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री सहित, नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शनिबार सिंहदरबारमा बैठक बसेको थियो।
बैठकमा राजपाले निर्वाचनमा सहभागि हुनको लागि आफुले उठाउँदै आएका राजनीतिक विषयहरु सम्बोधन हुनु पर्ने, क्षतिपुर्तिको विषय र जेलमा रहेकाहरुको रिहाइ तथा मुद्दा फिर्ता, निर्वाचनको मिति सार्नु पर्ने माग राखेको थियो ।
सत्तारुढ दलका नेताहरुले चुनावको मिति सार्न नसकिने बताएका थिए ।
यस अघि सरकारले जेठ ३१ को लागि तय गरेको स्थानीय तह निर्वाचन असार ९ गतेको लागि सारेको थियो। त्यस पछि सरकारले असार १४ लाई मिति तय गरेको थियो ।
Comments







