काठमाडौं । फुटबल मैदानको आक्रमणमा आक्रमणकारी जस्तै देखिने फ्रान्स गएराती भएको खेलमा भने फिक्का देखियो ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्दै स्पेनले १६ वर्षपछि फाइनलको ढोका खुल्ला गरेको छ ।
खेलमा केलियन एम्बाप्पे र फ्रान्सका फरवार्डरहरुले निक्कै मेहनत गरेपनि २–० को हार बेहोर्नुपर्यो ।
स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा स्पेनले अग्रता दाेब्बर बनाएकाे थियाे । सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनल पुगेको हो । साविक उपविजेता फ्रान्स भने उपाधीको भिडन्तबाट बाहिरिन पुगेको छ ।
खेलमा फ्रान्सले ४ वटा सट अन टार्गेट गोल प्रहार गर्दा स्पेनले दुई मात्रै गरेको थियो । तर, उसको दुई सट अन गोलले जाली चुमेको थियो । त्यसो त खेलभरी फ्रान्सले १४ वटा सट प्रहार गरेको थियो भने स्पेनले १० वटा मात्र सट प्रहार गरेको थियो ।
अब स्पेनले आज राती हुने इंल्याण्ड र अर्जेटिनाबीचको खेलमा विजयी हुने टोलीसँग उपाधी रक्षाका लागि अन्तिम भिडन्त गर्नेछ ।







