काठमाडाैं । अर्जेटिना र इल्याण्डको खेल सम्झने बित्तिकै म्याराडोनाको ह्यान्ड अफ गड भनेर चिनिने हेन्ड बल नसम्झने खेलीप्रेमी कमै हुन्छन् । जब-जब यी दुई देश आमनेसामने हुन्छन् म्याराडोना र उनको हेन्ड बलको चर्चा जहिल्यै अघि आउँछ ।
कुरो हो विश्वकप सन् १९८६ को । यो खेल फुटबल इतिहासकै सबैभन्दा चर्चित खेल मानिन्छ। सन् १९८२ मा फकल्याण्ड टापुलाई लिएर इङ्ल्यान्ड र अर्जेन्टिनाबिच युद्ध भएको थियो।
त्यसको ४ वर्षपछि भएको यस खेलमा अर्जेन्टिनाका महान खेलाडी डिगो म्याराडोनाले दुई वटा ऐतिहासिक गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए । त्यो जितभित्र भने विश्वले कहिल्यै बिर्सन नसक्ने मसला पनि लुकेको छ ।
त्यतिबेला अहिले जस्तो प्रविधिकाे विकास भईसकेको थिएन । म्याराडोनाले रेफ्रीलाई छक्काउँदै हातले बल नेटभित्र छिराएर गोल गरे, जसलाई उनले पछि ‘ईश्वरको हात’ (हेण्ड अफ गड) को संज्ञा दिए। तर, इल्याण्डका लागि भने त्यो कहिल्यै नमेटिने चोट ।
सोही खेलमा म्याराडोनाले इङ्ल्यान्डका आधा दर्जन खेलाडी र गोलकिपरलाई ड्रिबल गर्दै छक्काएर सानदार गोल गरे, जसलाई शताब्दीकै उत्कृष्ट गोल मानिन्छ।
सन् १९६६ को विश्वकप अन्तर्गत क्वार्टरफाइनल इङ्ल्यान्डले १-० ले जित दर्ता गरेसँगै यी दुई देशबिच फुटबलको ‘दुस्मनी’ सुरु भएको मानिन्छ ।
इङ्ल्यान्ड र अर्जेन्टिनाबिचको फुटबल खेल केवल एउटा खेल मात्र नभएर विश्व फुटबल इतिहासकै सबैभन्दा रोमान्चक, तनावपूर्ण र ऐतिहासिक प्रतिद्वन्द्विता मध्ये एक मान्ने गरिन्छ ।
यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन् । त्यसमा इंल्याण्डले ६ जित निकाल्दा अर्जेटिनाले ३ जित निकालेको छ । पाँच खेल भने बराबरीमा रोकिएका छन् ।
पछिल्लो पटक यी दुई टोली सन् २०२२ को विश्वकप अन्तर्गत समूह चरणमा भेट भए । डेविड बेकह्यामले सन् १९८६ को बदला लिँदै पेनाल्टी मार्फत खेलको एक मात्र निर्णायक गोल गरे र इङ्ल्यान्डलाई १-० को जित दिलाएका थिए ।
यी दुई टोली सेमिफाइलमा आसनोसामने हुँदै गर्दा को बलियो भनेर चर्चा परिचर्चा व्यापक छ । तथ्याङ्कको आधारमा इङ्ल्यान्डस् ऐतिहासिक हेड-टु-हेड रेकर्डमा अगाडी देखिन्छ । इल्याण्डको टोलीमा ह्यारी केन र जुड बेलिङ्घम जस्ता विश्वस्तरीय खेलाडीहरूको बाहुल्यता र गहिरो स्क्वाड छ । अर्जेन्टिना साविक विश्वविजेता टाेली हाे । उसँग फुटबल इतिहासकै महान खेलाडी लियोनल मेस्सी छन्, जो २०२६ को विश्वकपमा पनि उत्कृष्ट फर्ममा छन्। अर्जेन्टिना कठिन परिस्थितिबाट उत्कृष्ट पुनरागमन अर्थात पुरागमन गर्न र ठुला खेलहरूमा दबाब झेल्न खप्पिस मानिन्छ।
त्यसैले यी दुई टोलीबीचको खेल राेचक र प्रतिस्पर्धात्मक मात्र नभएर निक्कै हेर्न लायक मानिने पक्का छ ।







