काठमाडौं । नयाँ सरकार बनेदेखि नै उकालो लाग्न नसकेको सेयर बजार पछिल्ला दिनमा निरन्तर बढीरहेको छ । यसरी बढ्नुमा मुख्य भूमिका प्रधानमन्त्री बालेन्द्र शाहको छ ।
नयाँ सरकार बनेयता सेयर लगानीकर्ताले करिब पाँच खर्ब रूपैयाँ बराबरको सम्पत्ति गुमाउन बाध्य भएका थिए । त्यसपछि सरकारको पनि आलोचना हुन थालेपछि प्रधानमन्त्रीले व्यवसायी तथा लगानीकर्ता भेटेर यसको समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् ।
उनको सक्रियतासँगै सेयर बजारमा सकरात्मक सन्देश प्रभाव भएको छ ।
तीन कारोबार दिनमै लगानीकर्ताको सम्पत्ति दुई खर्ब १४ अर्ब रूपैयाँले बढेको छ।
गत बिहीबारयताको कारोबारमा मात्र नेप्से परिसूचक १२८ अंकले बढेको छ। लगानीकर्ताको सम्पत्ति मानिने कुल बजार पुँजीकरण पनि ४४ खर्ब ७० लाख रूपैयाँबाट बढेर ४६ खर्ब ८५ लाख रूपैयाँ पुगेको छ।
यसरी बढेको बजारमा नाफा सुरक्षित गर्ने प्रवृत्ति पनि बढ्न थालेको छ।
यो ३ दिनकै अवधिमा कतिपय कम्पनीको सेयर मूल्य ५०० रूपैयाँसम्म बढेको छ। प्रतिशतको आधारमा पनि ८१ वटा कम्पनीको सेयर मूल्यमा सातदेखि २७ प्रतिशतसम्म मूल्य बढेको छ।
यसअघिका पछिल्ला पाँच कारोबार दिनदेखि यो सूचक लगातार सकारात्मक थियो।
त्यस्तै, १४ दिने मनी फ्लो इन्डेक्स सोमबार ६३ विन्दु पुगेकामा यो ५३ मा आएको छ। तर अझै पनि किनबेच प्रवृत्ति सन्तुलिन नै देखिएको छ।
सेयर बजार निरन्तर रुपमा घटिरहने पनि हुँदैन भने निरन्तर रुपमा बढ्ने पनि हुँदैन, लगानीकर्ताले यो कुरो भने बुझ्न आवश्यक छ ।








