गाेल्डेन बुट: एम्बाेप्पेसँग पछि परे मेसी

काठमाडाैं । विश्व फुटबलका दुई महाशक्ति लियोनेल मेसी र किलियन एम्बाप्पेबीचको कडा प्रतिस्पर्धाले सधैँ फुटबल प्रेमीहरूलाई रोमाञ्चित बनाउने गर्छ । गोल्डेन बुटको दौडमा फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई पछि पारेका छन् ।

​मैदानमा आफ्नो तीव्र गति र उत्कृष्ट फिनिसिङका लागि चिनिने एम्बाप्पेले गोल संख्यामा मेसीलाई पछाडि छोड्दै शीर्ष स्थानतर्फ आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका हुन् ।

जारी विश्ककप अन्तर्गत एम्बापेले १० गाेल पुर्याएका छन् । उनले इल्याण्ड विरूद्वकाे खेलमा २ गाेल थपेरेर १० गाेल पुर्याएका हुन् । मेसीकाे जारी खेलमा ८ गाेल रहेकाे छ। उनले फाइनल खेल खेल्न बाँकी छ ।

​यो प्रतिस्पर्धा अझै बाँकी रहेकाले आगामी खेलहरूमा मेसीले एम्बाप्पेलाई भेट्टाउने छन् या एम्बाप्पेले गाेल्डेन बुट आफ्नो नाम गर्नेछन्, त्यो भने हेर्न बाँकी नै छ ।

यसैबीच, तेस्राे पाेजिशनका लागि भएकाे इंल्याण्ड र फ्रान्सबीचकाे खेलमा इंल्याण्ड विजयी भएकाे छ । राेमाञ्चक खेलमा ४ का विरूद्व ६ गाेल गरेर इंल्याण्ड तेस्राे भएकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।