काठमाडौं । द भ्वाइस किड्स नेपाल सिजन–५ को उपाधी भिडन्त निक्कै नै नजिकिएको छ । त्यहीँ भिडन्तमा आफ्नो मात्रै नभएर हजुरबुवाको समेत अधुरो सपना बोकेर भिडिरहेकी छिन् खोटाङकी सुबास्ना खड्का के.सी ।

दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै खोटाङको दिप्रुङ चुइचुम्माकी १२ वर्षीया सुबास्ना खड्काले फाइनलको ढोका खोलिसकेकी छिन् । अब यो चरणको उपाधी हात पार्ने दाउमा उनी छिन् ।

काठमाडौंको गोकर्णेश्वर–५ मा बस्दै आएकी सुबास्ना फाइनलसम्म पुग्नु उनको लागि एउटा ठूलो सफलता मात्रै नभएर उनका हजुरबुबा प्रकाश केसीले देखेको संगीतको अधूरो सपना पूरा गर्नुपर्ने सुबास्नासँग जिम्मेवारी पनि छ ।

सुवास्नाका हजुरबुवा प्रकाश केसी श्री महेन्द्रदय माध्यमिक विद्यालय ओख्रेमा शिक्षण पेशामा रहँदा गीत–संगीतप्रति अत्यन्तै समर्पित थिए। तर त्यतिबेला आज जस्तो सहज रूपमा गीत रेकर्ड गर्ने स्टुडियो, सञ्चार माध्यम र अवसरहरू थिएनन्। महेन्द्रदय माध्यमिक विद्यालयबाट त्यो समयमा पनि जिल्ला फस्ट भएर पूर्वाञ्चलको विराटनगरसम्म आफ्नो कला प्रस्तुत गर्न पुगेका थिए ।

उनी धरान कलेज पढ्दाका सहपाठीहरु अहिलेका गायक शम्भु राई लगायतका थिए। सदरमुकाम दिक्तेलमा जाँदा खोटाङमै जन्मिएका गायक राजेश पायल राईले सर रामकृष्ण ढकाल जस्तै गायक बन्छु मलाई एउटा गीतमा बाँसुरी बजाई दिनुन भनेको ताजै रहेको स्मरण गरिरहेका छन् सुवास्नाका हजुरबुवा प्रकाश । उनी अवकाश प्राप्त शिक्षक हुन् उनका दुबै छोराहरु र भतिजीभतिज र नातिनीहरुको गीत संगितमा रुची उति नै रहेका छ । उनीहरु गीत गाउने गर्छन् ।

परिवारिक जमघट हुँदा साङ्गीतिक माहोल हुन्छ । ४/५ वटा बुबाको रचना र संगितमा छोराले गीत गाइसकेका छन् ।

गीत–संगीतमा आफ्नो भविष्य बनाउन चाहँदा पनि भौगोलिक कठिनाइ, लामो यात्रा र विद्यालयको जिम्मेवारी जस्ता कारणले प्रकाशको त्यो सपना अधुरै रह्यो । तर आज त्यही सपना उनकी नातिनी सुबास्नाले आफ्नो प्रतिभा, मेहनत र निरन्तर साधनामार्फत अघि बढाइरहेकी छन्।

हजुरबुबाले देखेको सपना नातिनीले पूरा गर्ने यात्रामा पुगेपछि हजुरबुवा प्रकाश खुसी र सन्तुष्ट बनेका छन । हजुरबुवाले नातिनीलाई जिताउन भोट गरिदिन सबैसँग आग्रह गरेका छन् ।

फाइनलको दिन नजिकिदैं गर्दा १२ वर्षिया सुवास्नालाई भने जित्छु भन्ने कन्फिडेन्स मात्रै बढेको छैन, केही डर र भय पनि थपिदैं गएको छ । उनी भन्छिन्, ‘गीत संगितले भरिएको माटो खोटाङकी छोरी हुँ जित्छु भन्ने नै लाग्छ, भोट गरेर सहयोग गरिदिन पनि सबैलाई अनुरोध गर्दछु ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।