Thursday, August 20, 2026
29.1 C
Kathmandu
Home समाचार कर्मचारीको तलब समयमा नदिएपछि जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ

कर्मचारीको तलब समयमा नदिएपछि जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ

काठमाडौँ । कर्मचारीको तलब तथा सेवा सुविधाकाे विषयमा प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।