काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिओ महेश शर्माले कानुन विपरित काम गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने जनाएका छन् ।
इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकमको सम्पत्ति मिलेमतोमा एनसेललाई बेचेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानमा बयान दिने क्रममा उनले लिला गर्ने सूचना निकाल्नु भन्दा पहिले बैंकको सञ्चालक समितिबाट समेत एनसेल आजियाटा लि.सँग कुराकानी गरी लिलाम गर्ने व्यवस्था मिलाउन कार्यकारी अधिकृतलाई सञ्चालक समितिबाट निर्देशन दिएको भन्ने कुरा पछि मात्र आफ्नो जानकारीमा आएको समेत उनले बताएका हुन् ।
उनले प्रक्रियागत रुपमा नै बोलपत्रदाता कम्पनीहरुले प्रतिस्पर्धात्मक रुपमा नै सहभागी भएको र उक्त लिलामी सेटिङमार्फत गरेको भन्ने कुरा जानकरीमा नभएको समेत बताएका छन् ।
उनले भाष्कर नरसिंह जोशीको योजनामा ३ घण्टाको लागि नरेन्द्र उलकमार्फत ४ करोड २५ लाख रकम प्रोफेशनल बिजनेश नेटवर्क प्रालिको लागि व्यवस्थापन गरी गराई लिलामी कार्यमा सहभागी गराएको भन्ने पनि आफूलाई थाहा नभएको जनाएका छन् ।
याे पनि पढ्नुहाेस
एनसेल- ५० करोडमा खुलेको कम्पनीको नाफा नै १ खर्ब १३ अर्ब, राज्यलाई तिर्न भने बाँकी छ अझै ८५ अर्ब (भाग-३)
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष र सिइओसहित ७ जना विरुद्ध मुद्दा, अध्यक्ष र ५ जना डाइरेक्टर फरार (भाग-२)
स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकका अध्यक्ष पाण्डेले कसरी भूमिका खेले ? (भाग-१)
मोबाइल अफ गरेर भाग्दाभाग्दै पक्राउ परेका थिए सीईओ पाण्डे
किन पक्राउ परे स्मार्ट टेलिकमका सर्वेश जोशी, यो काण्डमा को को तानिन सक्छन् ?
५ अर्बको खेलः एनआईएमबीको सरकारमाथि हदैको झेल, पर्दा पछाडी एनसेलकी भावना सिंह
एनआईएमबीको बदमासीः सरकारको नामको ५ अर्बको सम्पत्ति कानुन विपरित बिक्री, एनसेलको मिलेमतो
एनसेलः सञ्चालकबाट राज्यलाई अर्बौं तिर्न बाँकी, पत्रिकामा प्रधानमन्त्रीको फोटो छापेर बधाई




