काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योती प्रकाश पाण्डेसहित ७ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
अध्यक्ष, सिइओ र अन्य ५ जना सञ्चालक तथा निर्देशक विरुद्ध मुद्दा दायर भएसँगै यसको असर बैंकको सेवा प्रवाहमा पनि देखिन थालेको छ । सेवाग्राही तथा सेयरधनीहरु भोलिका दिनमा बैंकको भविष्य के हुने हो भनेर शसंकित बनेको पाइएको छ ।
बैंकको सात सदस्यीय सञ्चालक समितिमा सञ्चालक तथा निर्देशक मदन कुमार आचार्यको विरुद्ध मात्रै मुद्दा दायर भएको छैन । आचार्यले स्मार्ट टेलिकमको सम्पत्ति बेचबिखन गर्ने क्रममा गलत भएको भन्दै विरोध गर्नुका साथै माइन्युटमा हस्ताक्षर समेत गरेका थिएनन् । त्यसैले बैंकको सात सदस्यीय बोर्डमा उनीमात्र स्मार्टको सम्पत्ति बेचबिखनमा संलग्न नरहेको पाइएको हो ।
त्यति मात्रै हैन, सिइओलाई मद्दा दायर हुँदा विभागीय प्रमुख तथा डिसिइओहरु भने त्यसमा तानिएका छैनन् । यसले पनि अध्यक्ष, सञ्चालक र सिइओको मिलेमतोमा स्मार्टको सम्पत्ती बेचबिखचन भएको पुष्टि भएको छ ।
त्यसमध्ये सिइओ पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । तत्कालिन समयमा बैंकको कालिमाटी शाखा कार्यालयका मेनेजर तथा प्रधान कार्यालयमा कार्यरत भाष्कर नरसिंह जोशीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
बैंकका अध्यक्ष पाण्डे भने फरार सूचीमा छन् । उनी मात्रै नभएर सञ्चालक तथा निर्देशकहरु प्रजन्यराज भण्डारी, कबि कुमार टिब्रेवाला, दिपाङ्कर शाक्य उडाई, शालिकराम बलेबासे र स्वतन्त्र सञ्चालक तथा निर्देशक शोभा श्रेष्ठ फरार सुचीमा छन् ।
प्रहरीले उनीहरुलाई सरकारी स्वामित्वमा आईसकेको स्मार्ट टेलिकमको सम्पत्ती एनसेलसम्म पुर्याउन भूमिका खेले पाइएपछि मुद्दा दायर गरेको छ ।
स्मार्ट टेलिकमले राज्यलाई नविकरण तथा दस्तुर बापतको करिब ३० अर्ब बराबर तिर्न बाँकी रहेको छ । सरकारले पटक पटक म्याद थप गर्दा पनि स्मार्टले नविकरण तथा दस्तुर नतिरेपछि सरकारले लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएसँगै स्मार्टको सम्पत्ति स्वतः सरकारको स्वामित्वमा आएको थियो । तर, बैंकले स्मार्टका पुराना सञ्चालक भावना सिंह लगायतसँगको मिलेमतोमा सरकारको नाममा आएको उक्त सम्पत्ति बेचबिखन गरेको थियो । भावना सिंह हालको एनसेल सञ्चालक हुन् ।
बैंकका अध्यक्षसहित ७ जना सञ्चालक समिति रहेकोमा ५ जना फरार अभियुक्त भएसँगै उनीहरु कतिपय त देशै छाडेर भागेकाले बैंकको सेवा प्रवाहमा समेत त्यसको सोझो असर पर्न थालेको छ ।
सात सञ्चालक मध्ये ६ जना नै स्मार्ट टेलिकमको सम्पत्ति बेचबिचनमा संलग्न भएपछि पनि उनीहरुले न्यायिक प्रक्रियामा सहयोग गर्न पदबाट राजीनामा दिएका छैनन् ।
बैंकको सिइओ ज्योती प्रकाश पाण्डे नै मुद्दा बोकेर अहिले पनि बैंकको काम काजमा खटिएका छन् । अध्यक्ष पाण्डे र अन्य निर्देशकहरु भने विदेश भागीसकेको स्रोत बताउँछ । पाण्डे भने अमेरिका पुगेको बताइएको छ ।
याे पनि पढ्नुहाेस्
स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकका अध्यक्ष पाण्डेले कसरी भूमिका खेले ? (भाग-१)
मोबाइल अफ गरेर भाग्दाभाग्दै पक्राउ परेका थिए सीईओ पाण्डे
किन पक्राउ परे स्मार्ट टेलिकमका सर्वेश जोशी, यो काण्डमा को को तानिन सक्छन् ?
५ अर्बको खेलः एनआईएमबीको सरकारमाथि हदैको झेल, पर्दा पछाडी एनसेलकी भावना सिंह
एनआईएमबीको बदमासीः सरकारको नामको ५ अर्बको सम्पत्ति कानुन विपरित बिक्री, एनसेलको मिलेमतो
एनसेलः सञ्चालकबाट राज्यलाई अर्बौं तिर्न बाँकी, पत्रिकामा प्रधानमन्त्रीको फोटो छापेर बधाई




