Friday, August 21, 2026
29.1 C
Kathmandu
Home समाचार खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो ।

गत मङ्गलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार जना बालिका खहरेमा बगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार खहरेमा बगेका तीन जना बालिकाको ज्यान गएको छ । एक बालिका भने बाढीले किनारतर्फ बगाउँदा बच्न सफल भएकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।