Saturday, September 19, 2026
19.1 C
Kathmandu
Home प्रविधि र व्यवसाय नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ ।

अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ । यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ $ (Unlimited Lite 499) प्याकेज प्राप्त गर्न सकिनेछ ।

यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि रु. ६९९ (कर सहित) अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ ।

१० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ ।

यो अफर यही असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नेछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।