काठमाडौं २९ वैशाख

सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको शुक्रबार साँझ बसेको बैठकले संविधानले तोकेको संघीय संरचना अन्तर्गत नेपाली सेनाको संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।
रक्षा मन्त्री बालकृष्ण खाँणले सात प्रदेशमा पृतनापतिको नेतृत्वमा सात पृतना र उपत्यकामा एक गरी आठ पृतना स्थापन हुने बताए । ‘संविधानको मर्म अनुसार प्रादेशिक रुपमा संरचना बनाउन खोजिएको हो, कमाण्ड कन्ट्रोल केन्द्र (सेनापति) बाट नै हुन्छ, अनि आर्थिक भार पनि केन्द्रिय सरकारलाई हुन्छ, मन्त्री खाणले राजधानीसँग भने, अहिले प्रदेशको मुख्यमन्त्री लगायत सुरक्षा निकायसँग तालमेल हुने गरी नेपाली सेनाको पनि संरचना विस्तार गर्न खोजिएको हो ।’
संरचना अन्तर्गत अब प्रादेशिक रुपमा पृतना स्थापना गरिए पनि नेपाली सेनाको संख्या भने वृद्धि नहुने मन्त्री खाणको भनाई छ ।  
मन्त्री परिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३५० जनालाई समायोजन गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । यसअघि ३५ को दरबन्दी रहेकोमा ३ सय ५० दरबन्दी विस्तार गरी त्यसलाई समयोजन गर्ने निर्णय भएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।