काठमाडौं १९ फागुन
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । रोल्पाबाट माओवादी नाम हटाएको विप्लव नेतृत्वको पार्टीले निर्वाचनमा भाग नलिए पनि नबिथोल्ने जनाएको छ ।
माओवादीले स्थानीय चुनाव यसअघिकै निरन्तरता भएको भन्दै बहिस्कार गर्ने जनाएको हो ।
‘प्रचण्डकै नेतृत्वमा हामीले जनयुद्धका बेला तीनवटा निर्वाचन बहिस्कार गरिसकेका छौं, त्यस्तै खाले चुनाव अहिले प्रचण्डकै नेतृत्वमा हुँदैछ, पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चन्दले भने, यस्तो चुनाव कसरी स्वीकार गर्न सकिन्छ ?’
चन्दले माओवादी निर्वाचनको बिरोधी नभएको तर अहिलेको चुनावको अर्थ नभएकाले स्वीकार गर्न नसकिने समेत जनाएको छ । जनयुद्धको बेला जस्तो अहिलेको निर्वाचनलाई नमान्ने तर नबिथोल्ने उनको भनाई थियो । चुनाव बहिस्कार गरे पनि बिथोल्ने योजना भने छैन, पत्रकार सम्मेलनमा उनले भने ।
पत्रकार सम्मेलनमा चन्दले ६१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेका छन् । पार्टीको महासचिव उनी आफैं निर्वाचित भएका छन् । महाधिवेशनमा ७४ लाख रुपैयाँ खर्च भएको र चन्दाबाट उठेको रकम केही बचत भएको समेत उनले बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।