फागुन ७ । प्रजातन्त्र दिवसका अवसरमा सहिद गेट पुगेका प्रधानमन्त्री सुशिल कोइरालालाई सहिद परिवारले कालो झण्डा प्रदर्शन गरेका छन् ।
सरकारले सहिद र घाइते परिवारलाइ उपेक्षा गरेको, उचित क्षतिपुर्ती र रोजगार नदिएको भन्दै उनीहरुले सरकार विरुद्ध नारावाजी गर्दै प्रधानमन्त्रीको विरोध जनाएका हुन् ।
सहिद तथा घाइतेका परिवारलाई सरकारले उपेक्षा गरेको उनीहरुको भनाई छ ।
सहिदहरुको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा चढाएर र्‍यालीमा सहभागी हुन लागेका प्रधानमन्त्री कोइराला विरुद्ध उनीहरुले नारावाजी गरेका थिए ।
प्रहरीले प्रधानमन्त्री कोइरालाइ कालो झण्डा देखाउने धौलाकोटी र टमटालाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।