काठमांडाै, ३ कार्तिक । तिहारका बेला  झिलिमिली बत्ती नबाल्न नेपाल विद्युत प्राधिकरणले उर्दी जारी गरेको छ । एक सूचना जारी गरि प्रधाकिरणले कार्तिक ५ गते देखि ८ गते सम्म साँझ ५ बजेबाट राती १० बजेसम्म  घर,पसल,मल,सडक कुनै पनि स्थानमा त्यस्ता उत्सव बेत्ती नवाल्न उर्दी जारी गरेको हो ।
 मागको तुलना निकै कम विद्युत आपूर्ति भइरहेको मा यस्ता बत्तीको प्रगोगबाट लोड बढी भई केद्रीय प्रसारण प्रणलीमा समस्या  उत्पन्न हुने  भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले सूचनामा जनाएको छ । 
साथै सो समयमा बढी विद्युत खपत गर्ने साधनहरू फ्रीज,राइस कुकर,आइरन लगायतका सामाग्री प्रयोग नगर्न समेत निर्देशन दिइएको छ । यस्ता बत्ती तथा सामाग्री प्रयोग गरिएको पाइएमा सो ग्राहकको विद्युत लाईन काटिने चेतावनी सो सूचनामा दिइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।