असोज ८ । तराईलाई टुक्राउन पाउनुपर्ने भन्दै अभियान चलाएपछि पक्राउ परेका डा. सिके राउतलाई हिराइको मागमा सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

बुधबार न्यायाधीश सुशील कार्की र गोविन्द उपाध्यायको इजलासले राज्य विरुद्धको अपराध सम्वन्धी मुद्धाको अनुसन्धानका क्रममा विशेष अदालतबाट म्याद थप भएको र निवेदकको थुनाको बैधता सोही अदालतबाट सम्बोधन हुने भन्दै निवेदन खारेज गरेको हो ।

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाइरहेका सप्तरीका राउत दुई साता अघि मोरङको रंगेलीबाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा सार्वजनिक अपराधको मुद्दा चलिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।