काठमाडौँ, २ असार । मोबाइलबाट खिचिएका तीन मिनेटसम्मका वृत्तचित्रहरुबीच प्रतियोगिता हुने भएको छ ।

सर्वनाम थियटर र ३६० डिग्री माउन्टेन फिल्म संस्थाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई ‘दृष्यांश’ नाम दिइएको छ ।

मोबाइलबाट विभिन्न विषयलाई कथा बनाएर खिचिएका वृत्तचित्रहरुलाई यस प्रतियोगितामा समावेश गरिने छ । प्रतियोगीले आगामी असार २१ गतेसम्म आफूले तयार पारेको वृत्तचित्र प्रस्तुत गरिसक्नुपर्नेछ । तयार पारिएको वृत्तचित्र नेपाली भाषामा हुनुपर्ने आयोजक समितिका निर्देशक सम्पदा मल्लले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्रसहित ल्यापटप प्रदान गरिने छ । यसैगरी, द्वितीय र तृतीय हुनेलाई १० इन्चको ट्याब्लेट र तीन महिने थियटरसम्बन्धी तालिम प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट १० मा पर्ने प्रतियोगीलाई तीन महिने थियटरसम्बन्धी तालिम दिइने आयोजकले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।