Saturday, August 29, 2026
28.1 C
Kathmandu
Home प्रविधि र व्यवसाय डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती

डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी ‘डिसहोम’को फितलो सेवाका कारण ग्राहकहरू समस्यामा परेका छन्।

साँझपख इन्टरनेटको सर्भर नै डाउन हुने र स्पीड तीव्र रूपमा घट्ने समस्याले गर्दा प्रयोगकर्ताहरू आक्रोशित बनेका हुन्।

​सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै सेवाग्राहीहरूले सामान्य आकारका फाइलहरू अपलोड वा डाउनलोड गर्न पनि घण्टौँ कुर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। पत्रकार राजेन्द्र राज तिमिल्सिनाका अनुसार १३५ एमबीको सानो फाइल अपलोड हुन २० मिनेटभन्दा बढी समय लाग्ने गरेको छ।

​इन्टरनेट स्पीड टेस्ट गर्दा डाउनलोड स्पीड जम्मा २.०१ Mbps र अपलोड स्पीड ८.३० Mbps सम्म झरेको देखिएको छ, जसले गर्दा दैनिक काम र इन्टरनेट सम्बन्धी गतिविधि प्रभावित भएका छन्।

​यस समस्याबारे बुझ्न वा समाधानका लागि डिसहोमको आधिकारिक ग्राहक सेवा नम्बरमा फोन गर्दा समेत सर्भर डाउन भएको वा सन्तोषजनक प्रतिक्रिया नपाइएको ग्राहकहरूको भनाइ छ। निरन्तरको यस समस्याले गर्दा डिसहोमका ग्राहकहरूले आफूहरू ठगिएको महसुस गरिरहेका छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।