त्रिशूली ‘थ्रि–ए’ भित्रै अझै उद्दारको आशमा कामदारः बल्ल आयोजना सुरुङमा अक्सिजन पठाइयो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।

सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट जानकारी दिनुभएको छ । उहाँका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ ।

उक्त आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा इन्जिनियर र मजदुर फसेको अनुमान गरिएको छ । अप्ठयारो भू–बनोटमा रहेको उक्त सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारक आज नेपाल आएका थिए । अपराह्नबाट उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।