फोटो: फाइल

इलाम, ३१ जेठ । मानिसले जीवनमा कहिले हरेस खानु हुदैन,धैर्य गरे एकदिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेकी छिन् इलाम बरबोटेकी निर्मला सञ्जेल । बरबोटे गाउँ विकास समिति वडा नं ७ की ५३ वर्षीया निर्मलाले यसपटक भने एसएलसी परीक्षा पास गरेकी हुन् ।

उनले खुलातर्फबाट एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी हुन् । पहिलोपटक विसं २०३९ सालमा एसएलसी परीक्षा दिएकी निर्मलाले पटक–पटक दिँदा पनि उत्तीर्ण गर्न सकेकी थिइनन् ।

यसपटक भने भक्तपुरबाट परीक्षा दिएकी थिइन् । उनले पहिलोपटक एसएलसी दिएको ३२ वर्षपछि उत्तीर्ण गरेकी हुन् । सम्भवतः एसएलसी उत्तीर्ण गर्ने उनी जिल्लाकै जेठो परीक्षार्थी भएको दाबी शिक्षा कार्यालयको छ ।

   पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिन र महिलालाई पढाइप्रति जागरुक बनाउन पनि पाको उमेरमा अध्ययनलाई निरन्तरता दिएको निर्मलाले बताइन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।