काठमाडाैं । आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएकाे छ । याे सहमतिसँगै बिहीबारदेखि अस्पतालहरू खुल्ने भएका छन् । चिकत्सकहरूले उठाएको मागमा सरकार सहमत भएपछि २ दिनदेखि जारी स्वास्थ्य संस्था हड्ताल बुधबार बेलुकाबाट अन्त्य भएको हो ।
सहकर्मी पिटिएको विरोधमा चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले आकस्मिकबाहेकका स्वास्थ्य सेवा हड्तालको घोषणा गरी आन्दोलनमा उत्रिएका थिए ।
स्वास्थ्य सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका लाखौँ बिरामी सेवाबाट वञ्चित भएका थिए ।
दुइ पक्षीय वार्तामा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कानुनी कारबाही गर्न सरकार सहमत भएको हो ।
Comments






