काठमाडौं । वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक कुटिएको घटनाका कारण जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी नै खोसिएको छ ।
पर्सामा रहेका एसपी सुदिपराज पाठकलाई जिम्मेवारी खोसिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ ।
पर्साको प्रमुखको जिम्मेवारी एसपी पवनकुमार भट्टराईलाई दिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत रहेका भट्टराईलाई पर्सा पठाइएको हो ।
एसपी पाठकले चिकित्सकहरूलाई पनि धकेलाधकेल गरेको भिडिओ बाहिरिएको थियो। उक्त विवादबीच प्रहरी प्रधान कार्यालयले पर्साको एसपी परिवर्तन गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा भने एसपी दानबहादुर थापालाई खटाएको छ।
Comments






