Thursday, July 30, 2026
Home मुख्य समाचार ज्यान बचाउन प्लास्टिकको ओत, न्याय खोज्न माइतीघरमा रात

ज्यान बचाउन प्लास्टिकको ओत, न्याय खोज्न माइतीघरमा रात

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चुनावको समयमा कान्तिपुर टेलिभिजनमा गरिबको चमेली गितको सो गरेका थिए । उनी अहिले प्रधानमन्त्री छन् । तर, दुःखी पीडितको दुःख भने उस्तै छन् ।

लखुवित्त पीडितहरु मुसलधारे पानीमा रातभरी प्लाष्टिको ओतमा रात बिताइरहेका छन् । उनीहरु चिसो भुईमा निदाउन सकेका छैनन् । उनीहरुका लागि अहिले निन्द्रा भन्दा न्याय प्यारो छ । त्यसैले रातभर जाग्राम छन् । तर, अझै पनि सरकारले उनीहरुको आवाज सुनेको छैन ।

देशका विभिन्न जिल्लाबाट न्यायको खोजीमा काठमाडौं आएका लघुवित्त पीडितहरू बस्ने सुरक्षित ठाउँ नपाएपछि माइतीघरलाई नै अस्थायी आश्रय बनाएएर बसीरहेका हुन् ।

यही आन्दोलनस्थलमा केही पीडित साउन १२ गतेदेखि आमरण अनशनमा समेत बसेका छन्। दिनप्रतिदिन उनीहरूको स्वास्थ्य कमजोर बन्दै गएको छ ।

लामो समयदेखि आफ्ना मागप्रति सरकारले बेवास्ता गरेकाले पटक–पटक काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको उनीहरु बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।