कांग्रेस, माओवादी र राजपाको समानुपातिक मिलेन, आयोगद्धारा फिर्ता

फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याउनुपर्ने

काठमाडौं १ फागुन ।

निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको

प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनः दुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले बुझाएको सुची नमिलेपछि आयोगले फिर्ता गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।