३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश २ मा आह्वान

जनकपुरधाम, १ फागुन । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयद्वारा साेमबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएकाे उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कार्यालय सचिव लावण्यकुमार ढकालका अनुसार प्रदेश प्रमुखबाट दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सो अवधिभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।