काठमाडौं २ फागुन ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् ।
निर्वाचन घोषणा लगत्तै सरकार काम चलाउ परिणत भएपनि देउवाले आज वा भोलिभित्र राजीनामा दिने मनस्थिति बनाएका हुन् । राजीनामाका क्रममा सम्बोधन समेत हुने र यसअघि सरकारले गरेका निर्णयलाई काम चलाउ सरकारले गरे जस्तो नदेखाउन पनि देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।
दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक सुचि बुझाएसँगै आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक गर्नेछ । त्यसलगत्तै राजीनामा दिने मनस्थितिमा देउवा रहेका छन् । देउवाले राजीनामा नदिए पनि नयाँ सरकार गठन प्र्रक्रियामा भने कुनै असर नपर्ने देखिएको छ ।
Comments







