फागुन १६ । कतारको राजधानी दोहामा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन नेपाली सहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा अन्य १२ नेपालीसहित ३२ जना घाइते भएको र घाइतेहरुको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय मिडियाहरुले खबर छापेका छन् । समाचार संस्था रोयटर्स, डेलिमेल लगायतले १२ को मृत्यु भएको र ३२ भन्दा बढी घाइते भएको समाचार दिएका छन् ।  उनीहरुले नेपालीबारे भने उल्लेख गरेका छैनन् । कान्तिपुर दैनिका होम काकीले  भने नेपाली दुतावासबाट पुष्टि गर्दै नेपालीसमेतको निधन भएको जनाएका छन् ।

मृत्यु भएका नेपालीमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर क्षेत्रीको मृत्यु भएको बताइइउको छ । नेपाली दूतावासले ती नेपालीको मृत्यु भएको पुष्टि गरेको खबर कान्तिपुरमा छ ।

स्थानीय समयअनुसार विहान १० बजेर १२ मिनेटमा विस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।