काठमाडौं । एनआईसी एशिया बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट पारित हुन बाँकी छ भने बैंकको २२ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।
Comments






