काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ३४ हजार ९८० बिरूवा रोप्ने भएको छ । कांग्रेसले बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतीक स्वरूप १०६ विरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गर्न लागेको हो ।
कांग्रेसले एकै दिन ३४ हजार ९८० बिरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान गर्न लागेको हो ।
केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको छ । असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन गरिने तय भएको जनाइएको छ । त्यसबाहेक अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।



