माघ २० । सहमतीय सरकार गठन प्रक्रिया असफल भएपछि राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि व्यवस्थापिका संसदलाई आह्वान गरेका छन् ।
अन्तरिम संविधान २०६३ को धारा ३८९१० अनुसार राष्ट्रपति यादवले सात दिनको समय दिएर यही माघ १२ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेका थिए । सहमतीय सरकार गठनका लागि ठूलो दलका हैसियतले नेपाली कांग्रेस पहल गरे पनि संसदमा रहका केही दलले प्रतिपक्षमा बस्ने जनाएपछि सहमतीय सरकार गठन प्रक्रिया असफल बनेको हो ।
तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी र चौथो दल राप्रपा नेपालले प्रतिपक्षमा बस्ने निर्णय लिएका थिए । दोस्रो ठूलो दल एमाले भने सरकारमा जान तयार रहेको छ ।
Comments







