काठमाडौं ८ पुस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको भन्दै एकता हुन्न कि भनेर शंका गर्न नपर्ने बताएका छन् ।
प्रचण्डले एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने समेत बताएका छन्।
रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको उल्लेख गर्दै त्यसको विरोधमा उत्रनेहरु छुटेर जाने बताए। नेताको अभिव्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दै दाहालले सबै विषयमा गम्भीर छलफल गरेर एकता प्रक्रिया टुंग्याउने दाबी गरे। 
‘एक(दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्,’ दाहालले भने, ‘को नेताले के भने, त्यसको पछि नलाग्नुस्। हामी सबै एकताप्रति इमान्दार छौं, सबै विषयमा गम्भीर छलफल गरेर एकतालाई टुंग्याउनेछौं।’ 
राष्ट्रिय सभासम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गर्दै दाहालले छलफलबाटै राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्ने बताए।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।