पेनाल्टीमा ढल्यो चार पटकको विश्वविजेता जर्मनी

काठमााडौं । विश्वकपमा बल बढी नियन्त्रण गर्नु र सयैं आक्रमण गर्नु मात्रै जितको ग्यारेन्टी हुँदैन। यसको ताजा उदाहरण हो चार पटकको विश्वविजेता जर्मनी।

खेलभरि मैदानमा एकछत्र दबाब बनाए पनि जर्मनीले अवसरलाई गोलमा बदल्न सकेन। अन्ततः पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै पाराग्वेसँग विश्वकपबाट बिदा भयो।

खेलमा जर्मनी सुरुदेखि नै आक्रामक थियो। पहिलो हाफमा मात्रै उसले पाराग्वेभन्दा ७९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्यो। तर, बल नियन्त्रण र पासको प्रभुत्वले गोल भने दिलाउन सकेन। बरु ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अप्रत्याशित अग्रता दिलाए। यो विश्वकपको नकआउट चरणमा पाराग्वेको इतिहासकै पहिलो गोल पनि बन्यो।

दोस्रो हाफमा जर्मनीले दबाब झन् बढायो। ५४औँ बराबरी गोल भये त्यसपछि जर्मनीले लगातार आक्रमण गर्दै पाराग्वेलाई आफ्नै क्षेत्रमा सीमित गरायो। गोलका लागि उसले पटक–पटक प्रयास गर्‍यो, तर पाराग्वेका गोलकिपर ओरलान्डो गिल र रक्षापङ्क्ति चट्टानझैँ उभिए।

अतिरिक्त समयमा जर्मनीले खेल जितेको जस्तै देखिएको थियो। १०२औँ मिनेटमा जोनाथन टाहले कर्नरबाट हेडमार्फत गोल गरे। जर्मन समर्थक उत्सव मनाउन थाले। तर लामो ख्ब्च् समीक्षा पछि गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरियो। यही निर्णयले खेललाई पेनाल्टी सुटआउटतर्फ धकेल्यो।

पेनाल्टीमा भने जर्मनीको आत्मविश्वास एकाएक हरायो। पाराग्वेसँग आत्मसमर्पण गरे जस्तै भयो । जर्मनी विश्वकप इतिहासमै पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भयो।

यो हार केवल एउटा खेलको हार होइन, पछिल्ला वर्षहरूदेखि विश्वकपमा कमजोर बन्दै गएको जर्मनीका लागि अर्को ठूलो धक्का पनि हो। २०१८ र २०२२ मा समूह चरणबाटै बाहिरिएको टोली २०२६ मा नकआउट चरण पार गर्नसमेत असफल भयो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।