काठमाडौं । लसुन तपाई हामी कसैले नसुनेको नाम हैन । हाम्रो भान्छामा सबैले देखेका नै हुन्छौं । तर, यसका फाइदाबारे भने सबैलाई जानकारी नहुन पनि सक्छ । लसुनबाट पाँच अद्भुत फाइदा पाउन सकिन्छ ।
उच्च रक्तचाप नियन्त्रण, एसिडिटीको समस्या, रक्तकोषिका, दाँतदुखाइ, श्वासप्रश्वास प्रणाली स्वस्थ रहन लसुनले फाइदा पुर्याउनेछ । तपाईले बिहान खाली पेटमा काँचो लसुनकोे केस्रा चपाउनु भयो भने त्यसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउने छ । यति मात्र हैन यसले रक्तसञ्चार नियमित गराउँछ भने मुटुरोगीलाई समेत फाइदा मिल्न जानेछ । लसुनले पाचन प्रणालीमा समेत फाइदा पुर्याउँछ । भोक नलाग्ने समस्या छ भने लसुन खानाले सहयोग पुर्याउँछ साथै खाली पेटमा लसुन खानाले एसिडिटीको समस्या कम हुने गर्दछ ।
लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ । यस्तै, यसमा हुने हिलिङ गुणले शरीरमा रहेको अक्सिजन फ्री रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँने गर्दछ । लसुनमा ब्याक्टेरियाप्रतिरोधी क्षमता तथा पीडानाशक गुणसमेत हुन्छ । त्यसैले लसुनको केस्रा चपाउँदा दाँतदुखाइ कम हुन्छ । नियमित लसुन सेवन गर्नाले श्वासप्रश्वास प्रणाली स्वस्थ रहन्छ । दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस र फोक्सोमा पानी जम्नेलगायत समस्याबाट छुटकारा मिल्छ । प्रतिरोधी क्षमतालाई चुस्त राख्न, क्यान्सरलाई नष्ट गर्न पनि लसुनले फाइदा पुर्याउने गर्दछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।