मंसिर ५ । नागरिक दैनिकका पत्रकार चढेको गाडी दुर्घटना हुँदा चार पत्रकार सहित ५ जना घाइते भएका छन् ।

कार्यालयको काम सकेर निवास फर्किने क्रममा बुधबार बिहान धुम्बाराहीमा बिजुलीको पोलमा भ्यान ठोकिदाँ ५ नागरिककर्मी घाइते भएका हुन् ।

उक्त दुर्घटनामा यादव थपलिया, सन्तोष शर्मा, सुशील पोखरेल एवं नागरिकन्युज डट कमका मदन चौधरीका साथै गाडी चालक सुदीप तामाङ घाइते भएको नागरिक दैनिकको अनलाइनमा उल्लेख गरिएको छ ।

चालक घाइतेको अवस्था गम्भीर रहेको छ भने शर्मा र पोखरेल डिस्चार्ज भएका छन् । थपलिया, चौधरी र तामाङको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।